२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विराटपोखरीको विवाद ८ महिनापछि मिल्यो, अध्यक्षमा प्रसाईं


बिर्तामोड, साउन १७ । समितिको आधिकारितालाई लिएर ऐतिहासिक विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा भएको विवाद मिलेको छ ।

संस्थाको पुरानो कार्यसमिति विघटन भइसके पनि नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया नमिलेपछि विवाद सिर्जना भएको थयो । सो विवाद ८ महिनापछि मिलेको हो ।

ईन्द्रप्रसाद प्रसाईं र आकाश उप्रेती अध्यक्ष रहेका दुईवटा समिति क्रियाशील रहेपछि विवाद उत्पन्न भएको थियो । समानान्तर रुपमा रहेका दुईवटै समितिलाई राखेर सहमति गराइएको हो ।

हाललाई ईन्द्रप्रसाद प्रसाईंलाई अध्यक्ष कायम गरेर दुई वर्षपछि आकाश उप्रेतीलाई अध्यक्ष बनाउने गरी सहमति गराइएको हो । बैठकले प्रसाईंको अध्यक्षतामा उपाध्यक्षमा आकाश उप्रेती, सचिव जगन्नाथ भट्टराई, सहसचिव अर्जुन उप्रेती र कोषाध्यक्षमा विन्दा खरेललाई चयन गरेको छ ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer