२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

स्वस्थ र स्मार्ट बन्न बनाउनुहोस् बिहानीको यस्तो रुटिन


बिर्तामोड, पुस ६ । केही मानिसहरू बिहान उठ्नासाथ तनावमा आउँछन् । यसो गर्दा हाम्रो दिन तनावमै बित्छ । राम्रा स्वभावले तपाईंको मानसिक स्वास्थ्य सुधार्छ । त्यस्तै, बिहान चाँडै उठ्दा तपाईंको शरीर दिनभर ऊर्जावान् हुन्छ । हामी आज त्यस्ता केही बानीबारे बताउनेछौँ, जसलाई तपाईंले बिहान फलो गर्न जरुरी छ ।

बेडसिट मिलाउनुस्

तपाईंले उठ्नासाथ आफ्नो सिरक–डस्नालाई मिलाउन जरुरी छ । स्टेट अफ माइन्ड ठिक भएका मानिसले कोठालाई पनि मिलाएर चिटिक्क राखेका हुन्छन् । कोठा सफा राख्दा सकारात्मक सोच वृद्धि हुन्छ र कहीँ न कहीँ जीवनमा यसको प्रभाव पर्छ ।

पानी पिउनुस्

उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । मानिसहरू घटघटी धेरै पानी पिउँछन् । हतारोमा पानी पिउँदा त्यो चाँडै विनियोजन हुने गर्छ र शरीर हाइड्रेट हुन पाउँदैन । त्यसैले तपाईंले आरामसाथ बसेर पानी पिउनुपर्छ । एक गिलास पानी पिउनका लागि कम्तिमा १० मिनेट समय लगाउनु राम्रो हुन्छ । तपाईंको शरीर र दिमाग हाइड्रेट हुन्छ र ऊर्जाशील रहन्छ ।

व्यायाम

बिहानै व्यायाम गर्दा तपाईंको शरीर तन्किन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङवाकमा जानु राम्रो हुन्छ । तर, अहिलेको मौसममा चिसो धेरै जमेको हुनाले हल्का घाम नलागी हिँड्न थाल्नुहुँदैन । कोठाभित्रै कुनै व्यायाम वा योग गर्न सकिन्छ । तपाईंले डान्स पनि गर्न सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ । व्यायाम सकेपछि केही समय ध्यान गर्नुस् । नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट तपाईं बच्न सक्नुहुन्छ ।

यस्तो खानपान

बिहानको समय तपाईंले सलाद, दूध, जुस वा फलफूल लिन सक्नुहुन्छ । यससँगै ठिक्क मात्रामा जौको सातु, चनाको सातु, बदामलगायत पनि खान सक्नुहुन्छ । यसमा पर्याप्त मात्रामा पोषण पाइन्छ । अर्को कुरा, तपाईंले बेलुकी धेरै ढिला खाना खानुहुँदैन ।

झन्डै १२ घन्टा पेट खाली रह्यो भने त्यस अवधिमा शरीरले टक्सिनहरू आफैँ फाल्न सक्छ । त्यसैले बेलुकी अबेर खाने र बिहानै खाने बानी राम्रो होइन । बेलुकी ७ बजे भोजन लिनुभएको छ भने बिहान ७ वा ८ बजे खाँदा शरीरको अटोफेजी एक्टिभ हुन्छ र टक्सिनहरू हट्छ । यसरी सन्तुलित रूपमा खानाले तपाईंको मोटोपन घट्छ, मस्तिष्क ऊर्जाशील बन्छ ।

सुन्तला, केरालगायत फरक–फरक खाले सिजनल फल रोज्नुस् । किनकि, फरक फलमा फरक किसिमका पोषण पाइन्छ र शरीरलाई राम्रो गर्छ । लन्च लिनुअघि काँचो तरकारी खान नबिर्सनुस् । मुला, गाँजरलगायत सलादले तपाईंको पाचन प्रणालीलाई बलियो बनाउँछ ।

डायरीमा लेख्नुस्

राति सुत्नुअघि दिनभर के–के गरियो र भोलि के गर्ने भनेर योजना बनाउनुपर्छ । त्यसलाई डायरीमा टिप्नुपर्छ, किनकि हाम्रो मेमोरीले कहिलेकाहीँ बिर्सन्छ । बिहान उठेर आफ्नो डायरी एकपटक पढ्नुपर्छ र के गर्ने भनेर सोच्नुपर्छ । यसले आफ्ना योजनामा फोकस हुन सहयोग गर्छ ।

झुक्किएर पनि नगर्नुस् यी काम

इन्टरनेटको जमानामा युवादेखि वृद्धवृद्धासम्म मोबाइलमै झुम्मिरहेका हुन्छन् । एकातर्फ, मोबाइलको टावरबाट आउने इलेक्ट्रो म्याग्नेटिक फिल्ड रेडिएसनले स्वास्थ्यमा असर पु¥याइरहेको हुन्छ । अर्कोतर्फ, सोसल साइटमा आइरहेका विभिन्न समाचारले पनि अवचेतन मनमा असर गरिरहेको हुन्छ । त्यहाँ कसैको मृत्यु भएको वा कोही घाइते भएको अप्रिय समाचार आइरहेको हुन सक्छ, जसले तपाईंमा नकारात्मक भाव जन्माउँछ । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ ।
नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer