२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

खेलकुद जुत्ताको गुणस्तर मापदण्ड पारित


बिर्तामोड, पुस २५ । नेपाल गुणस्तर परिषद्ले खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको छ ।

परिषद्का अध्यक्ष एवम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन् ।

जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए ।

जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer