२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका प्रधानको हत्यामा संलग्न शाह कारागार चलान


बिर्तामोड, पुस २६ । झापाको शिवसताक्षीका एकजना युवाको हत्या गरेका महोत्तरीका अनिल शाहलाई कारागार चला गरिएको छ ।

मलेसियामा एउटै कम्पनीमा काम गर्ने झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा पक्राउ परेका २४ वर्षीय शाहलाई अदालतबाट जेल चलान गर्ने आदेश भएको काठमाडौँ प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।

साहलाई मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार मृतक र शाह मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए ।
कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि शाहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डिसेम्बर ११ तारिख बिहान पनि यी दुईबीच सामान्य विवाद भएको थियो । पाँचजना मात्र काममा निस्कन बाँकी थियो । त्यही बेला अन्य तीनजना नभएको मौका छोपेर शाहले प्रधानको टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कम्पनीमै पासपोर्ट छाडेर भागेका शाह त्यसपछि मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए । नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer