२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बहुविवाह मुद्दामा हल्दिबारीकी संगीता कारागार चलान


बिर्तामोड, पुस २६ । झापा प्रहरीले बहुविवाह मुद्दामा फैसला भई फरार रहेकी झापा हल्दिबारीकी संगीता बानियाँ भन्ने संगीता पुरीलाई कारागार चलान गरेको छ ।

झापा जिल्ला अदालतले हल्दिबारी-२ घर भई हाल भद्रपुर-७ बस्ने २६ वर्षीया संगीतालाई गत जेठ ४ गते बहुविवाह मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

तर, उनी फरार रहेकी थिइन् । संगीतालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले आज पक्राउ गरको थियो ।

उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer