२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

विराटपोखरमा तोरीको कुन्यूमा आगजनी


बिर्तामोडमा तोरीको कुन्यूमा आगजनी, एक मन तोरी जलेर नष्ट

बिर्तामोड, पुस २७ । बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरका इन्द्र प्रसाईंको तोरीको कुन्यूमा आगजनी हुँदा करिब एक मन तोरी जलेर नष्ट भएको छ ।

घर नजिकै खेतमा कुन्यू बनाएर थुपारिराखेको करिब तीन-चार कट्ठा जमिनको तोरीमा गए राति दश बजेतिर नचिनेको मान्छेको समूहले आगो लगाइदिएका हुन् ।

तत्कालै छरछिमेकले थाहा पाएर आगोलाई नियन्त्रणमा लिएको प्रसाईंले जानकारी दिए। शङ्कास्पद तरिकाले एक्कासि आगो लागेकोले कसले र किन आगो लगायो भन्ने बारेमा खोजी भइरहेको उनले बताए ।

करिब चार मन तोरी आउने त्यस कुन्यूबाट पूरै तोरी नष्ट हुनबाट जोगाइएको प्रसाईं बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer