२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

माइधार दुर्घटनामा दमकका अनुप ढकालको मृत्यु


बिर्तामोड, पुस २९ । शनिबार (हिजो) साँझ झापाको माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृतक झापा दमक-९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, घाइते हुनेमा मोरङ उर्लाबारी १ बस्ने अन्दाजी २१ वर्षीय प्रदिप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार व्यक्तिको हिजोसम्म यकिन हुन बाँकी रहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार हिजो साँझ ६ बजेको समयमा झापा शिवसताक्षी सैनिक चौकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको बा. १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे. १० प ७२१२ नम्बरको मोटरसाइकल जुधेका थिए ।

कारमा पाँच जना सवार रहेकोमा दुर्घटनामा परी चार जना घाइते भएका छन् । कार चालक बिर्तामोड-३ बस्ने ५० वर्षीय अनिलकुमार शाह, बिर्तामोड-४ बस्ने ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड-३ बस्ने ४४ वर्षीय रञ्जन शाह, बिर्तामोड-३ बस्ने ५३ वर्षीय ललित शाह घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer