२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिकी इन्दिरा फिदिममा मृत भेटिइन्


बिर्तामोड, पुस २९ । झापाको बुद्धशान्ति–७ निवासी इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् ।

फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।

आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घरअगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडकछेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer