२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः कृष्ण पौडेलको महासचिवमा उम्मेदवारी घोषणा


बिर्तामोड, माघ ८ । बिर्तामोडका स्थापित व्यवसायी कृष्ण पौडेलले आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी र नागरिक सहकारी अस्पतालका अध्यक्ष रहेका पौडेल बिर्तामोडका सफल र चिनिएका व्यवसायी हुन् । उनले दर्जनौँ सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवारीमा रहेर कुशल नेतृत्व गरिसकेका छन् ।

हाल संघको वाणिज्य सचिव रहेका उनी अन्य प्यानलसँग सहमति नभए एक्लै प्यानल खडा गरेर भए पनि महासचिव पदको उम्मेदवारी दिने तयारीमा छन् ।

यद्यपि, अन्य प्यानलसँग सहमति गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । संघको निर्वाचन फागुन १४ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer