२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शरीरमा पानी कम हुँदा हुने ११ समस्या


बिर्तामोड, माघ १९ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यम भएर शरीरबाट पानी बाहिर निस्कन्छ ।

थकान

पानीले शरीरलाई ऊर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ ।

दम

शरीरमा पानी कम हुँदा श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ । अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ । पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ ।

रक्तचाप

उच्च रक्तचापका बिरामीले छिनछिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

उच्च कोलेस्टेरोल

आवश्यकता अनुसार पानी नपिउँदा शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्माण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन ।

छालासम्बन्धी समस्या

पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ ।

पाचनसम्बन्धी समस्या

शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमि हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौँ समस्या निम्तन सक्छ । अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

तौल बढ्ने

खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको मात्रामा कमि आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

मानसिक स्वास्थ्यमा असर

डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ । शरीरमा जब पानीको कमि हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

मधुमेह

मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ । योभन्दा बढी भयो भने कमजोरी महसुस हुन्छ र शरीरमा पानीको कमि हुन्छ ।

जोर्नीमा प्रभाव

पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । यसको कमि हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ । शरीरमा पानीको कमिका कारण रगतको मात्रामा पनि कमि आउन सक्छ । रगतमा आउने यो कमिका कारण जोर्नीको समस्या पनि आउन सक्छ ।

मिर्गौलाको समस्या

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निर्माण हुन्छ । यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरत हुन्छ । पानी कम हुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौँ प्रकारका रोग लाग्न सक्छन् ।
-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer