२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बोस्टन क्रिकेट एकाडेमीका पाँच खेलाडी राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट


बिर्तामोड, माघ २८ । झापा अर्जुनधारामा रहेको बोस्टन क्रिकेट एकाडेमीका पाँचजना खेलाडी तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् ।

आजबाट पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको एकाडेमीका प्रमुख विनित बास्तोलले जानकारी दिए ।

विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा खेलाडीहरुको विदाइ गरिएको हो । खेलाडीहरु दिपु भुजेल, एलिस मण्डल, दिवस खड्का, दिभ्यांश बास्तोला र अर्बिन पौडेल बोस्टनका उत्पादन हुन् ।

११ वर्षीय दिभ्यांश बस्तोला भने नवनित एकाडेमीका विद्यार्थी हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा सात प्रदेश तथा आयोजक गरी आठ टोलीको सहभागिता रहनेछ । क्यानले यस प्रतियोगितालाई यु–१६ खेलाडी छनोट प्रतियोगिताको रूपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer