२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशस्तरीय तेक्वान्दोमा झापा च्याम्पियन


बिर्तामोड, माघ २८ । पाँचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक ल्याएर उपाधि जितेको हो ।

मोरङको बेलबारीस्थित बलुवाई आइटिएफ तेक्वान्दो डोजो डाँगीहाटले आयोजना गरेको प्रतियोगितामा झापाले प्रदेशका ११ जिल्लालाई पछि पार्दै उपाधि जितेको हो ।

प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ रजत र ७ कास्य तथा सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर दोस्रो र तृतीय भएको छ ।

प्रतियोगिताअन्तर्गत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजककी बिलिसा माझी द्वितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भइन् ।

महिला ४६–५० तौल समूहमा सुनसरीकी एलिका विक, झापाकी नम्रता सिगु र मोरङकी अनुस्का धिमाल पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै, ५१–५५ तौल समूहमा सुनसरीकी बिट्नी राई, मोरङकी प्रिया राय र झापाकी रेसिका बराल पहिलो, दोस्रो र तेस्रो भए ।

५६–६० तौल समूहमा भोजपुरकी सजिना तामाङ, सुनसरीकी एलिजा राई र आयोजककी दिक्षा लिम्बू र पायल मगरले पहिलो, दोस्रो र तेस्रो पदक जिते ।

त्यस्तै, ६१–६५ तौल समूहको स्वर्ण झापाकी सेहना लिम्बू, रजत आयोजककी दिक्षा खड्का र मोरङकी मोरङकी मनिषा भूर्तेल तथा इलामकी नैना खातुनले कास्य जिते ।

६६ माथिको तौल समूहमा आयोजककी एलिजा राजवंशी पहिलो र झापाकी सुष्मा आक्षमी दोस्रो भइन् ।

पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्वितीय झापाको सौरभ श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । ५१–५५ तौल समूहको प्रथम पाँचथरका आलोक राई, द्वितीय सुनसरीको पीयूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।

यसैगरी ५६–६० तौलमा झापाका प्रितम धिमाल पहिलो, इलामका दिपप्रसन राई द्वितीय र मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ तेस्रो भए । ६१–६५ केजी तौलमा मोरङका लक्ष्मण राजवंशी, झापाका मनिष श्रेष्ठ र आयोजकका सोनुदेव पोद्दार पहिलो, दोस्रो र तेस्रो भए ।

६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्वितीय भोजपुरका सुन्दर गुरुङ, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली, ७१ किलो माथिको तौल समूहको प्रथम झापका अनोमल लिम्बू, द्वितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।

दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागिता रहेको नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer