२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज


बिर्तामोड, माघ २९ । पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि आठवटै जोडीले दाबी गरेका छन् ।

बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका प्रतिस्पर्धीहरुले फाइनलको यात्रा तय गर्दै उपाधि रक्षा गर्ने बताएका हुन् ।

झापाको बिर्तामोडमा जारी प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दिपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना गर्नेछ ।

त्यस्तै, खुला डबल्सतर्फ निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले विनय चौधरी र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

हिमाल चन्द र विवेक कन्दङवाको जोडीले भोजबहादुर गुरुङ र विशाल तामाङको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए ।

त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer