२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरपालिका क्रिकेटः गौरीगञ्ज र मेचीनगर विजयी


मेचीनगर, फागुन ३ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा सञ्चालन भइरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् ।

पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ रनले पराजित गर्यो । पहिले ब्याटिङ रोजेको गौरीगञ्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन जोडेको थियो ।

१५६ रनको लक्ष्य पछ्याएको हल्दिबारी १८ ओभरमा ९४ रन बनाउँदै अलआउट हुन पुग्यो । गौरीगञ्जका लागि ५ विकेट लिएका छविलाल खड्का प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकाविरुद्ध मेचीनगर नगरपालिका ६० रनले विजयी भयो । पहिले ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

२१६ रनको विशाल लक्ष्य पछ्याएको बुद्धशान्ति गाउँपालिका ८ विकेट गुमाउँदै १५५ रनमा सीमित भयो । मेचीनगरका लागि ३० बलमा ७८ रन बनाएका विराट डाँगी प्लेयर अफ दि म्याच घोषित भए ।

बुद्धशान्तिका लागि पर्शुराम पौडेलले ३ विकेट लिँदा ब्याटिङमा आदिहाङ फागोले ४४ रन बनाए ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer