२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरपालिका क्रिकेटमा गौरादह र कमल विजयी


बिर्तामोड, फागुन ४ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ राजेको गौराहदहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

१७९ रनको लक्ष्य पछ्याएको झापा गाउँपालिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो । गौरादहका लागि ४० रन बनाएका सक्सेस तिम्सिना प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा शिवसताक्षी नगरपालिकाविरुद्ध कमल गाउँपालिका २५ रनले विजयी भएको छ । पहिले ब्याटिङ गरेको कमल गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

१६१ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले ६ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो । कमल गाउँपालिकाका लागि ४ ओभरमा १३ रन दिएर २ विकेट लिएका रुपक बराल प्लेयर अफ दि म्याच घोषित भए । शिवसताक्षिका लागि सन्दिप पौड्यालले ४१ रन जोडेका थिए ।

भोलि फागुन ५ गतेको पहिलो खेल भद्रपुर नगरपालिकाविरुद्ध दमक नगरपालिका र दोस्रो खेल अर्जुनधारा नगरपालिकाविरुद्ध कचनकवल गाउँपालिकाबीच हुनेछ ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer