२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शानदार जितसँगै अन्तरपालिका क्रिकेटको उपाधि बिर्तामोडलाई


बिर्तामोड, फागुन १२ । प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

बुधबारेमा आज सम्पन्न फाइनल खेलमा कचनकवल गाउँपालिकामाथि शानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो ।

फाइनलमा बिर्तामोडले कचनकवलमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड प्रतियोगिताको नायक बन्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बिर्तामोडका लागि दिपु भुजेलले ५४ रन बनाए । कचनकवलका विक्रम माझीले २ विकेट लिएका थिए ।

१९७ रनको लक्ष्य पछ्याएको कचनकवल १४ ओभरमा अलआउट भयो । ७७ रन जोड्न सकेको कचनकवलका अनिल लामिछानेले १६ रन बनाएका थिए ।

बिर्तामोडका रोहित राजवंशीले २ विकेट र विशाल आचार्यले ३ विकेट लिए । ५४ रन बनाएका दिपु भुजेल फाइनल खेलको प्लेयर अफ दि म्याच भए ।

यसबीच, प्रतियोगिताको उत्कृष्ट विकेट किपर कनकाई नगरपालिकाका प्रनिस बिमली, उत्कृष्ट फिल्डर बुद्धशान्ति गाउँपालिकाका रिजन आङदेम्बे, उत्कृष्ट बलर बिर्तामोडका रोहित राजवंशी, उत्कृष्ट ब्याट्सम्यान बिर्तामोडका सिवान्स बजगाईं भए ।
इमर्जिङ प्लेयर बिर्तामोडका दिपु भुजेल घोषित भए भने सर्वोत्कृष्ट खेलाडी कचनकवलका टिम क्याप्टेन अनिल लामिछाने भए । झापा गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भयो ।

उपाधिसँगै बिर्तामोडले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताका विधागत खेलाडीलाई नगद ५ हजार र सवोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाए ।

विजेता तथा उपविजेतलाई प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer