२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीमा करेन्ट लागेर एकजनाको मृत्यु


बिर्तामोड, फागुन १५ । झापाको बाह्रदशी गाउँपालिकामा आज (मंगलबार) करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिकामा –६ मिलन चोकका २८ वर्षीय बुद्धराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घरभन्दा ५०० मिटर पश्चिम खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा लिम्बु घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका लिम्बुको अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा प्रहरी नायब निरीक्षक खड्गबहादुर गिरीको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer