२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भगवती लेमिनेट्सको आगलागी नियन्त्रणनजिक


मेचीनगर, फागुन २९ । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणको करिब नजिक आएको छ ।

अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । उनले लगातार आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

हिजो झापाका ७, मोरङ र इलामका एकएक र भारतका एक गरी १० वटा दमकल खटिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित थिए ।

तीमध्ये भारत, मोरङ र इलामका दमकलहरु राति नै गइसकेको र अहिले झापाका पाँचवटा दमकलले आगो निभाइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले बताए ।

अहिले नेपाल प्रहरी २० जना र सशस्त्र प्रहरी १५ जना आगो निभाउन खटिरहेको जनाइएको छ ।

जिल्लाकै ठुलो प्लाइउड उद्योगमा हिजो बिहान अचानक आगो लागेपछि सुरक्षाकर्मी, स्थानीय र दमकलले आगो नियन्त्रण प्रयास गरेका थिए ।

आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ । उद्योगमा चिफरको धुलो तातिन गई आगलागी भएको हो । उद्योग, उद्योगभित्र रहेका क्वार्टर, काठको गोलिया राखेको स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer