२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हात्ती आक्रमणबाट पत्नीको मृत्यु, पति गम्भीर घाइते


बिर्तामोड, चैत १४ । झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका एकजनाको मृत्यु र एकजना घाइते भएका छन् ।

बुधबार साँझ हात्तीले आक्रमणमा गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्ती आक्रमणमा पवित्राका पति घाइते भएका छन् ।

पति दिलिप भेटवालसँगै रतुवामाई वृक्षारोपण आयोजनामा दाउरा खोज्न उनीहरु साँझ घरबाट निस्केका थिए । हात्तीको आक्रमणबाट घाइते भएका ६२ वर्षीय दिलिप भेटवालको बिर्तासिटी अस्पताल बिर्तामोमा उपचार भइरहेको छ ।

पवित्रा र दिलिपलाई हात्तीले लछारपछार पार्दा मुख, हात र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer