२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

बुधबारेमा जिप अनियन्त्रित हुँदा छजना घाइते


बिर्तामोड, भदौ २४ । झापाको बुद्धशान्ति–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा छजना घाइते भएका छन् ।

सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे. १ ज २६५२ नम्बरको बोलेरो जिपले पैदलयात्रीलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनमा कमल–३ का २० वर्षीय अमन श्रेष्ठ, सोही स्थानका २४ वर्षीय दिपक प्रधान, कनकाई–८ का १९ वर्षीय विजय पुरी, अर्जुनधारा–१ का ३० वर्षीय दिनेश थापा, बुद्वशान्ति–५ का ५१ वर्षीय रत्न मगर सामान्य घाइते भएका छन् ।

त्यस्तै, मेचीनगर–९ का ७३ वर्षीय भक्तबहादुर कटवालको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । बोलेर जिप र गाडी चालक इलाम माइजोगमाई–५ का २५ वर्षीय नविन खत्रीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

Adv footer