२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

यु–१३ लिग तथा नकआउट फुटबलमा काँकरभिट्टा र ध्रुवताराको जित


भद्रपुर, कात्तिक २० । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ ।

आज नै भएको दोस्रो खेलमा ध्रुवतारा एकाडेमी दमक विजयी भएको छ । काँकरभिट्टा र दमकले जितसँगै स्पष्ट ३–३ अंक जोडेका छन् ।

पहिलो खेलमा काँकरभिट्टाले आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोल अन्तरले हरायो । खेलको २२ औँ मिनेटमा काँकरभिट्टाका शिशिर थापाले गोल गरे ।

जितका लागि निर्णायक गोल गरेका थापा प्लेयर अफ द म्याच भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का र भद्रपुर–९ का वडा अध्यक्ष राम दाहालले नगद ५०० रुपैयाँ र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको प्रतिस्पर्धात्मक दोस्रो खेलमा दमकले विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो ।

दमकका लागि खेलको छैटौँ मिनेटमा प्रिन्स कार्की र ३० औँ र ३५ औँ मिनेटमा असिम गुरुङले गोल गरे । पृथ्वीनगरका लागि २८ औँ र ३९ औँ मिनेटमा प्रतिक राईले गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच भएका राईलाई स्थानीय युवा राजु काफ्लेले नगद ५०० रुपैयाँ र ट्रफी प्रदान गरे ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा भएको प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आदर्श मैदान एकाडेमी अफ स्पोटर्स बिर्तामोड र भद्रपुर झापा गोल्डकप एउटा समूूहमा छन् ।

त्यस्तै, विशालपुर फुटबल एकाडेमी पृथ्वीनगर, ध्रुवतारा एकाडेमी दमक, हल्दिबारी गाउँपालिका र न्यु स्टार क्लब खोपबाडी बिर्तामोड एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक २६ गते हुनेछ ।

यसअघि भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा उद्घटन कार्यक्रम भएको थियो । सेन्टरका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विवेक चम्लागाईंले गरेका थिए भने स्वागत तुलसी कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer