
बिर्तामोड, कात्तिक २६ । एक साताअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दिबारीका सुमन मर्डीको मृत्यु भएको छ ।

कात्तिक १८ गते भद्रपुर-१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदै मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उनी घाइते भएका थिए ।

मे. ६ प ३०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हल्दिबारी-२ का २२ वर्षीय मर्डी घाइते भएको र तत्काल प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरिएको थियो ।

उनलाई थप उपभारका लागि बिएन्डसी अस्पताल हुँदै परिवारले आफूखुसी भारत लिएर गएका थिए । उनलाई कात्तिक २३ गते घरमै ल्याएर राखेको र कात्तिक २५ मा न्युरो अस्पताल विराटनगरमा सामान्य उपचारपछि पुनः घरमै राखिएको थियो ।

मर्डीको हिजो राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णप्रसाद चन्दले जानकारी दिए ।






