२०८३ जेठ २० बुधबार
Jhapa Today
Adv top

बिर्तामोडमा गाँजासहित दुईजना पक्राउ


बिर्तामोड, जेठ २० । झापाको बिर्तामोडमा ठुलो परिणामको गाँजासहित दुईजना पक्राउ परेका छन् । बिर्तामोड–४ स्थित एक डेरा कोठाबाट ५ किलो ९० ग्राम गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ निवासी ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ खैरान निवासी २० वर्षीय सागर राई रहेका छन् ।

हिजो मंगलबार साँझ करिब ७ बजे गाँजा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले भानुभक्त उप्रेतीको घरमा रहेको डेरा कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासीका क्रममा जेब्रा झोलाभित्र प्लास्टिकका चारवटा पोका बनाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा तौल गर्दा उक्त गाँजा ५ किलो ९० ग्राम रहेको पाइएको थियो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer