२०८२ जेठ ४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बैंकर्सत्रयको नयाँ गीत घाउ सार्वजनिक


बिर्तामोड, भदौ ५ । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकर्सद्वय गोविन्द गुरूङको स्वर तथा गौतम डंगोल सन्देशको शब्द रहेको नयाँ गीत “घाउ“ सार्वजनिक भएको छ ।

“घाउ गरेर सोध्छौ तिमी“ बोलको उक्त गीत बिहीबार युट्युबमार्फत सार्वजनिक भएको हो । एभरेस्ट ग्यालरीले बजारमा ल्याएको उक्त गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ भोला पौडेलले गरेको गरेका हुन् ।

नेपाली संगीत आकाशमा सुपरिचित नाम संगीतकार शक्ति बल्लभ रिटायर्ड बैंकर हुन् भने गायक गोविन्द गुरूङ सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । गीतकार गौतम डंगोल सन्देश हाल एनआइसी एसिया बैंकमा कार्यरत छन् ।

यसअघि गायक गुरूङका अन्य थुप्रै गीतहरू अडियो भिडियोमार्फत बजारमा आइसकेका छन् भने उनका एकल एल्बमहरूले पनि राम्रै बजार तताइसकेका छन् । गुरूङका धेरैजसो गीतहरू नेपाली भाषामा स्वरबद्ध भएका छन् भने केही गीतहरू गुरूङ भाषामा समेत छन् ।

त्यसैगरी, बैंकिङ पेसाबाहेक फुर्सदका क्षणलाई लेखन विधामा अर्पेका गीतकार डंगोलका अनलाइन तथा प्रिन्ट मिडियामा गरी एक सयभन्दा धेरै लेख रचना प्रकाशित छन् । नेवारी र नेपालीमा कलम चलाउने डंगोल आफ्नो लेखन शैलीलाई ल्याभिस राइटिङको संज्ञा दिन्छन् ।

उनका गीतहरूमा भीषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फणिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोविन्द गुरूङ, रीमा गुरूङ, डेनी निरौला, भूगोल दाहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, किरण कँडेल, अनिल शाही, भूपेन्द्र बज्राचार्यलगायतले कम्पोज, अरेन्ज तथा स्वर भरिसकेका छन् ।

https://www.youtube.com/watch?v=Uua6b1efkrE
Adv footer