२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा कित्ताकाट साउन १७ गतेदेखि खुल्ने


मेचीनगर, साउन ११ । मेचीनगर नगरपालिकामा अर्को सातादेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।

नगरपालिकाले जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सकेकाले यही साउन १७ गते बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो ।

जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको काम सकेर नगरपालिकाले मालपोत कार्यालय र नापी कार्यालयलाई अभिलेख बुझाएको छ । मेचीनगरका १५ वटै वडाको कित्ताकाट खुल्न लागेको हो ।

मेचीनगरमा आफ्नो क्षेत्राधिकारभित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यावसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदीखोला, ताल सिमसार क्षेत्रतर्फ, सांस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer