२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह


बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ ।

यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

त्यस्ता किसिमका गतिविधि नरोकिएको भन्दै सो कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न जो कोही व्यक्ति तथा समूह भए पनि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायसँग झापा जिल्ला सहकारी संघले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित गर्न आग्रह गरेका छन् ।

उनीहरुले केही व्यक्ति तथा समूहले अभियानको नाममा र राजनीतिक दलको समेत नामबाट सहकारी संस्थामा निरन्तर गलत क्रियाकलाप गरिरहेकाले सम्बन्धित राजनीतिक दल र संस्थालाई अविलम्ब त्यस्तो कार्य सच्याउन तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न अनुरोध गरेका छन्, अन्यथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

झापालगायत देशका विभिन्न स्थानमा समूह तयार गरी सहकारी संस्थाहरुमा होहल्ला गरी सार्वजनिक हुलहुज्जत गर्ने पाइएको छ । विभिन्न सहकारी संस्थाहरुमा नेकपा माओवादी विप्लव समूहको नाममा संस्थाको सेवाकेन्द्रहरुमा गई कर्मचारीहरुलाई विभिन्न धाकधम्की दिने, संस्थामा तालाबन्दी गर्ने साथै कर्मचारीहरुलाई मानसिक तनाव दिने लगायतका अमर्यादित गतिविधि भइरहेको सहकारी संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer