२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

भारी वर्षाका कारण झापा जलमग्न


बिर्तामोड, साउन १२ । झापामा शुक्रबार बिहान भारी वर्षा भएकाले जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका बिर्तामोड, दमक, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको हो ।

महाशाखाले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो तीन घण्टायता भारी वर्षा भएको उल्लेख गरेको छ । वर्षाका कारण बिरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूका साथै एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल