
मेचीनगर, पुस २५ । इलामको रोङ गाउँपालिकाको कोल्बुङमा बोलेरो गाडी दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् ।

ताप्लेजुङदेखि झापाको बिर्तामोड आउँदै गरेको मे. १ ज ३१७९ नम्बरको बोलेरो गाडी ब्रेक फेल भएर आज दिउँसो दुर्घटना भएको प्रहरी जनाएको छ ।

गाडीमा १० जना यात्रु सवार रहेका थिए । घाइतेमध्ये एकजनालाई ढाडमा समस्या भएका कारण बिएन्डसी अस्पताल ल्याइएको छ ।
