
बिर्तामोड, पुस २६ । झापाको बिर्तामोड-१ का कुमार योङहाङ सुब्बाका छोरा साम्योक ट्युसन कक्षा सकेर सदाझैँ घर आए ।

१९ वर्षीय साम्योकले अरुबेला जस्तै दुर्गा पाञ्चायन टोलमा रहेको घरको गेटअगाडि बाटोमा मोटरसाइकल (बाइक) राखेर घरभित्र पसे ।

तर, बाइक राखेको २० मिनेटमा घरअगाडि पार्किङ गरिएको बाइक देखेनन् । फिल्मी शैलीमा दिउँसै बाइक हराएपछि उनीसँगै टोलबासीहरु पनि छक्क परेका छन् ।

यो घटना पुस २५ गते बुधबार दिउँसो ०१ः ३९ बजे भएको हो । सुब्बाको प्र. १-०१-०१५ प ८८९१ नम्बरको पल्सर मोटसाइकल घरअगाडि बाटै पाँच मिनेटमा चोरिएको छ ।

छिमेकमा रहेको सिसी टिभी क्यामेराको फुटेज हेर्दा बाइक चोर्ने व्यक्ति अग्लो कदको तथा उनले खरानी रङको ज्याकेट र टाउकोमा क्याप लगाएको देखिन्छ ।