२०८१ पुष १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

स्नातकोत्तर अध्ययनका लागि मेची क्याम्पस र जापानको कलेजबीच सम्झौता


बिर्तामोड, पुस २६ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्रेजुएट स्टडिज फर इन्फर्मेटिक्स (केसिजिआइ) बीच स्नातकोत्तर अध्ययनका लागि सम्झौता भएको छ ।

क्याम्पसमा आयोजित शैक्षिक परामर्श कार्यक्रमपछि क्योटो कलेज अफ ग्रेजुएट स्टडिज फर इन्फर्मेटिक्सका प्रोफेसर डक्टर ग्यारी होइची सुचिमोची र मेची बहुमुखी क्याम्पस प्रमुख जीवन पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाली विद्यार्थी अध्ययनका लागि जापान एकदमै उत्तम गन्तव्य र पढाइपछि रोजगारीको सुवर्ण अवसर रहेको केसिजिआइ कलेजका प्रोफेसर डक्टर सुचिमोचीले बताए ।

त्यस्तै, केसिजिआइ कलेजका व्याख्यान र शैक्षिक संयोजक आनन्द नेपालले यस सम्झौताले नेपालबाट जापानमा स्नातकोत्तर पढ्न चाहने विद्यार्थीका लागि कोसेढुङ्गा सावित हुने बताए ।

अध्ययनपछि विद्यार्थीहरूले आफ्नै आइटी कम्पनी खोल्न सक्ने र यस कम्पनीमार्फत अरूलाई रोजगार दिन सक्ने उनको भनाइ छ ।

स्नातकोत्तरमा एआइ सम्बन्धी र अन्य आइका विविध विषयसम्बन्धी पढ्न साथै विद्यार्थीलाई पहिलो वर्ष सय प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

शैक्षिक परामर्शमा कार्यक्रममा बिएससी, सिएसआइटी, बिइए र एचआइएममा अध्ययनरत विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको जापनिज भाषाका जानकार तुलसी पाठकले जानकारी दिए ।

Comments are closed

Adv footer