
बिर्तामोड, पुस २७ । बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरका इन्द्र प्रसाईंको तोरीको कुन्यूमा आगजनी हुँदा करिब एक मन तोरी जलेर नष्ट भएको छ ।
घर नजिकै खेतमा कुन्यू बनाएर थुपारिराखेको करिब तीन-चार कट्ठा जमिनको तोरीमा गए राति दश बजेतिर नचिनेको मान्छेको समूहले आगो लगाइदिएका हुन् ।
तत्कालै छरछिमेकले थाहा पाएर आगोलाई नियन्त्रणमा लिएको प्रसाईंले जानकारी दिए। शङ्कास्पद तरिकाले एक्कासि आगो लागेकोले कसले र किन आगो लगायो भन्ने बारेमा खोजी भइरहेको उनले बताए ।
करिब चार मन तोरी आउने त्यस कुन्यूबाट पूरै तोरी नष्ट हुनबाट जोगाइएको प्रसाईं बताए ।