२०८१ कार्तिक १७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युक्रेन युद्धमा मारिएका अधिकारी झापा गोलधापका भएको पुष्टि


बिर्तामोड, चैत २ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने झापाका युवा गोलधापका रहेको पुष्टि भएको छ ।

मृत्यु हुने गंगाराम अधिकारी झापा हल्दिबारी १, साविक गोलधाप ५ का रघुनाथ अधिकारीका छोरा भएको खुलेको छ । ३३ वर्षीय गंगाराम रघुनाथका एक मात्र छोरा रहेको परिवारले जनाएको छ ।

अधिकारीको युक्रेनसँगको युद्धमा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । अधिकारी पाँच वर्षअघि कतार गएका थिए । त्यसपछि उनी दुबई गएका थिए ।

दुबईबाट गैरकानुनी रुपमा उनी करिब चार महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । गत माघ ४ गते परिवारसँग अन्तिमपटक उनको सम्पर्क भएको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारीका घरमा श्रीमती अनुराधा अधिकारी र १५ र ५ वर्षका दुई छोरा रहेका छन् । दुबई गएका अधिकारी त्यहाँबाट रुसी सेनामा गएको कुरा परिवारलाई त्यति धेरै थाहा नभएको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

उनले परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत झापाका गंगाराम अधिकारीको पनि मृत्यु भएको कुरा सार्वजनिक गरेपछि खोजी गर्नेक्रममा पुष्टि भएको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेपछि अधिकारी परिवारलाई जानकारी गराएको हल्दिबारी १ का वडा अध्यक्ष देवी थापाले बताए ।

रुसी सेनामा भर्ना भएपछि करिब एक महिना अगाडि गंगाराम युद्धका क्रममा घाइते भई हस्पिटल भर्ना भएका थिए । सोही घटनालाई लिएर उनको मृत्यु भएको कुरा पुष्टि भएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer