२०८१ कार्तिक १७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कृषि बजार बिर्तामोडको अध्यक्षमा निरज ओली


बिर्तामोड, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । खगेन्द्र महतोलाई एक मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत पाएका छन् ।

महतोलाई पार्वता बजगाईं र पूर्ण खड्काले मत दिएका थिए भने ओलीलाई इन्द्रजित चौधरी, पार्वती खतिवडा (ज्योति) र बिर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाईंले मत दिएर जिताएको जनाइएको छ । एक मत बदर र एउटा मतपत्र खाली रहेको थियो ।

विवाद भएर चारपटक स्थगित भएको निर्वाचन आज सम्पन्न भएपछि नयाँ नेतृत्व चयन भएको हो । गत फागुन २० गते कृषि बजारका व्यवसायीहरुको निर्वाचन भएको थियो ।

त्यसको भोलिपल्ट कृषकहरुको निर्वाचन तोकिएको थियो । तर, विवादका कारण चारपटक निर्वाचन स्थगित भएर आज निर्वाचन सम्पन्न भएको हो ।

आज सम्पन्न कृषकहरुको निर्वाचनबाट पार्वता बजगाईं बुद्धशान्ति ३०, पूर्ण खड्का मेचीनगर २९ र निरज ओली बिर्तामोड २३ मतसहित निर्वाचित भएका थिए ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र आठवटा पालिका रहेको छ । बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर नगरपालिका तथा बाह्रदशी, हल्दिबारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँच–पाँच जनाको दरले कृषक प्रतिनिधि पठाएका थिए ।

तिनै ४० जना कृषक प्रतिनिधिहरुको निर्वाचन भएको थियो । निर्वाचनमा ३९ जनाले भाग लिएका थिए ।

यसअघि माघ २० गते भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए । इन्द्रजित चौधरी, पार्वती खतिवडा (ज्योति) र खगेन्द्र महतो निर्वाचित भएका थिए ।

आज निर्वाचित भएका कृषक प्रतिनिधि र माघ २० गते निर्वाचित व्यवसायी प्रतिनिधिहरुले अध्यक्ष चयन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer