२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा तेस्रोलिङ्गीको चन्दा आतङ्क, स्थानीयबासी हैरान


बिर्तामोड, भदौ १ । झापामा तेस्रोलिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । तेस्रोलिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् ।

आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका संवेदनशील अंग देखाउने कार्यले मानिसहरू आतङ्कित बनेका छन् ।

हिजो साँझ बिर्तामोड-३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जबरजस्ती रकम असुल्न खोजेका थिए ।

पाँच हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि तथानाम शब्द प्रयोग गरी अश्लील हर्कत उनीहरूले देखाएको सहकारीका प्रबन्धक रुद्र सिटौलाले बताए ।

सम्झाइबुझाई गर्दा नटेरेपछि प्रहरी बोलाएर उनीहरूलाई हटाउनु परेको सिटौलाले जानकारी दिए । विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरूले थर्काउँदै सहयोग मागेको स्थानीयले बताएका छन् ।

बिर्तामोडमा केही महिनादेखि तेस्रोलिङ्गीको नाममा पसलपसल, घरघरमा र बसभित्र पसेर चन्दा माग्ने क्रम बढेको छ । त्यस विषयमा पीडितहरूले प्रहरीलाई जानकारी गराएका छन् ।

तर, उनीहरूलाई रोक्न सकिएको छैन । केही दिनअघि एकजना तेस्रोलिङ्गीलाई पक्राउ गर्दा उनीहरूले प्रहरी कार्यालय घेराउ गरेको बताइएको छ ।

बिर्तामोडमा नेपाल र भारतका गरी करिब सयजनाले तेस्रोलिङ्गीको नाममा सहयोग सङ्कलन गरिरहेको जनाइएको छ ।

त्यति मात्र नभएर उनीहरूले विवाह, छोराछोरी जन्मिएको घरमा समेत पुगेर मोटो रकम माग्ने गर्दै आइरहेका छन् ।

उनीहरूले भनेजस्तो रकम नदिए ती परिवारलाई जथाभावी गालीगलौज गर्नुका साथै अभिशाप समेत दिएर हिँड्ने गरेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer