२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते


बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् ।

आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मे. ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मे. ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी–७ गोलुगाउँका ४१ वर्षीय नारायण राजवंशी र मोटरसाइकलमा पछासि बसेकी उनकी श्रीमती ३८ वर्षीया सरिता राजवंशी घाइते भएका छन् ।

शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुबैजनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, मे. ८ प ४३२९ नम्बरको मोटरसाइकल चालक कनकाई–१ प्रजापति टोलका ५० वर्षीय शान्तिराम खड्का र पछाडि बसेका उनका छोरा १४ वर्षीय आर्जल खड्का पनि घाइते भएका छन् ।

सामान्य अवस्थाका शान्तिराम र गम्भीर अवस्थाका आर्जलको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन इलाका प्रहरी सुरुंगाको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer