२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व


बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् ।

मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer