२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

३२ करोड रुपैयाँले घट्यो चियाको निर्यात


बिर्तामोड, भदौ ६ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा चियाको निर्यात केही घटेको छ । गत आर्थिक वर्षभन्दा ३२ करोड रुपैयाँको निर्यात घटेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ३ अर्ब ६१ करोड रुपैयाँको चिया निर्यात हुँदा आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ९३ करोडको चिया निर्यात भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा ३ अर्ब ४२ करोड रुपैयाँको चिया निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय चियाको निर्यात घढ्दो क्रममा छ ।

पछिल्लो समय स्पेसल किसिमको चियामा लागतअनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमि आएको छ ।

भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र विश्व बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको छ । उत्पादन राम्रो भएको भए पनि अपेक्षित रूपमा बजार प्राप्त गर्न सकेको छैन ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाको माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा नेपालले चिया निर्यात गर्दै आएको छ ।

नेपालमा उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ । पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ ।

सिटिसी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनलगायत मुलुकमा निर्यात हुन्छ ।

सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगीमार्फत विदेश निर्यात हुन्छ । पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer