बिर्तामोड, भदौ ८ । झापाको गौरीगञ्जमा एक बृद्धको कुहिएको अवस्थामा शव फेला परेको छ ।
गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो । घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले आज बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।
४–५ दिन अगाडी मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ । मण्डल दिनहुँ रक्सी खाएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।