बिर्तामोड, भदौ १३ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ ।
विराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारीले आफ्ना दिवंगत हजुरआमा हिममाया अधिकारीको जन्मजयन्तीको अवसरमा पाँच हजार १०५ र व्यवस्थापक तेज पाठकले दिवंगत आमा विष्णुमाया पाठकको स्मृतिमा पाँच हजार ११५ रुपैयाँ हस्तान्तरण गरेका छन् ।
सहकारी संस्थाको सैनिकमोड कार्यालयमा आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रबन्धक रुद्र सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोसना श्रेष्ठ र सदस्य दिपा पोखरेल सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष गौतमले संस्थाका बारेमा संक्षिप्त रूपमा जानकारी दिँदै सहयोगीलाई धन्यवाद दिइन् ।