२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

वीरता जेसिजले विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने


बिर्तामोड, भदौ १९ । झापाको वीरता जेसिजले यो वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

बिर्तामोडको बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको हो ।

सोसम्बन्धमा वीरता जेसिज र फाउन्डेसनबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । जेसिजका सन् २०२४ का अध्यक्ष विकास बस्नेत र फाउन्डेसनका सञ्चालक राज कार्कीबीच सम्झौपत्रमा हस्ताक्षर भएको हो ।

तालिम कार्यक्रमका संयोजक एलसी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्वअध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, फाउन्डेसनका सञ्चालक कार्की, जेसिजका पूर्वअध्यक्षहरु एकराज गिरी, घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

जेसिजका महासचिव सुमन पोद्दारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशील थापाले आस्था वाचन र जुनियर जेसिजका कानुनी सल्लाहकार निसिम थाम्सुहाङले मिसन भिजन वाचन गरेका थिए ।

Adv footer