बिर्तामोड, भदौ १९ । झापाको बिर्तामोड वडा नम्बर ३ को कार्यालयले सार्वजनिक सूचना निकालेर बिजुली र टेलिकमको पोलमा प्रचार सामग्री नटाँस्न आग्रह गर्यो । तर, व्यवसायीले बेवास्ता गरे ।
झापाको कनकाई नगरपालिकामा भने स्थानीय विद्यार्थीहरुले विद्यालय परिसरमा टाँसिएका विभिन्न प्रचार सामग्री च्यातिदिएका छन् ।
कनकाई माविका विद्यार्थीहरुले आज विद्यालय परिसरमा टाँसिएका मेनपावर, कन्सल्टेन्सी, मदिराजन्य लगायतका प्रचार सामग्री च्यातिदिएका हुन् ।
उनीहरुले विद्यालयबाहिर टाँसिएका त्यस्ता सामग्रीले विद्यार्थीमा नकरात्मक असर पर्ने भन्दै आज पोस्टर तथा पम्पलेट च्यातिएको हो ।