बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख रुपैयाँ लुटपाट गरेका भागेका उनीहरुलाई शनिबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रामधुनी–३ का २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय सुसन थापा, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, इटहरी ७ का १८ वर्षीय साकार भण्डारी र इटहरी–४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री छन् ।
तालतलैया घुम्न आएको समयमा उनीहरुले बाटो छेकेर चक्कु देखाएर रकम लुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको भण्डारीले बताए ।
उनीहरूको साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेन्ड सेट र मोबाइल बरामद गरिएको छ ।
पक्राउ परेका सातजनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।