२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

झापा जिल्ला हक्की संघको पुनर्गठन


बिर्तामोड, भदौ २४ । एक वर्षअघि गठन भएको झापा जिल्ला हक्की संघ पुनर्गठन भएको छ । अध्यक्षमा पुनः मनोज बुढाथोकी चयन भएका छन् ।

उनी संघको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । बुढाथोकीभन्दा अघि संघको अध्यक्ष रविन बस्नेत थिए ।

संघको हिजो बिर्तामोडमा बसेको बैठकले नयाँ समिति गठनको जानकारी झापा जिल्ला खेलकुद विकास समितिलाई गराएको छ ।

पुनर्गठित संघको उपाध्यक्षमा पुनः किरण गुरुङ छन् भने सचिव ज्ञानेन्द्रबहादुर खड्काको ठाउँमा विशाल अग्रवाल चयन भएका छन् । कोषाध्यक्षमा सरस्वती थापाले निरन्तरता पाएकी छन् ।

संघको सदस्यमा भाष्कर आचार्य, जीवन रिजाल, विशाल बिमली, दिपक बुढाथोकी, शंकर बस्नेत, ऋषभ निरौला, दिपेश चौधरी, सविना दर्नाल र भुवन कार्कीले निरन्तरता पाएका छन् भने राजु ढकाललाई सदस्यमा थप गरिएको छ ।

संघको नेतृत्वमा बुढाथोकी आएपछि एक वर्षयता झापाको हक्कीले आधा दर्जन राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

Adv footer