
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका हुन् ।


मे. १ ह ७८५५ नम्बर अटोले विद्युतीय साइकलमा रहेका खरेललाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खरेलको बिएन्डसी अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । नाक, निधार र मुखमा चोट लागेका कारण उनको रक्तश्राव धेरै भएको अस्पतालले जनाएको छ ।






