२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विदेश पठाइदिन्छु भनेर रकम ठग्ने बाह्रदशीका राजवंशी पक्राउ


बिर्तामोड, असोज ५ । झापा बाह्रदशीका एकजनासहित दुईजनालाई वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी–७ घर भई भक्तपुरको मध्यपुर थिमी–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ–१ घर भई काठमाडौँको नागार्जुन–२ बस्ने २८ वर्षीय राजन अर्याल छन् ।

उनीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर दुबई, अल्बानियालगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये राजनले एकजना पीडितबाट ३ लाख रूपैयाँ र जयनारायणले एकजना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिएको उजुरी परेको छ ।

उनीहरु पैसा लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा अनुसन्धान कार्यालयका प्रहरीले पक्राउ गरेको सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।

राजनलाई काठमाडौँको नागार्जुनबाट र जयनारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer