२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा अचाक्ली गर्मी, कनकाईमा ढलिन् एक महिला


बिर्तामोड, असोज ६ । चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन् ।

कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् ।

कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन ।

यसैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

डिएसपी प्रकाश विष्टका अनुसार ती महिलाले मादक पदार्थ सेवन गरेकोसमेत भेटिएको थियो ।

अत्यधिक गर्मीका कारण झापाको जनजीवन प्रभावित बनेको छ । मानिसहरु विदा दिन पानीको मुहान खोज्दै डुबुल्की मार्न गइरहेका छन् ।

झापाबाटै नजिकै रहेको इलाम र मोरङका पहाडी क्षेत्रमा गर्मी छल्न जानेहरुको संख्य अत्यधिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer