२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मेचे र नेपाली भाषाको पहिलो फिल्म ‘विक्रम देवा’ को प्रिमियर शो असोज १४ मा


बिर्तामोड, असोज ३ । नेपाली चलचित्रकै इतिहासमा पहिलोपल्ट नेपाली र मेचे भाषामा निर्माण गरिएको चलचित्र ‘विक्रम देवा’को पोस्टर झापाको बिर्तामोडमा आज सार्वजनिक गरिएको छ ।

चलचित्रको प्रमोशनका लागि आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्रको विषयमा जानकारी गराएको हो ।

चलचित्रका निर्माता झापा अर्जुनधाराका अर्जुन मेचेले ‘विक्रम देवा’ को असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुन लागेको बताए ।

लोपोन्मोख मेचे जाति तथा समुदायको धर्म संस्कृतिलाई उजागर गर्ने उद्देश्यले झापामै पहिलोपटक ठुलो पर्दामा चलचित्र विक्रम देवा निर्माण गरिएको उनले दाबी गरे ।

चलचित्र विक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रीतिरिवाज समेटिएको र ७० प्रतिशत नेपाली धर्म संस्कृति रहेको अर्का निर्माता प्रताप मेचेले बताएका छन् ।

कुमार केसीको निर्देशनमा निर्माण भएको विक्रम देवामा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, विपिन प्रसाईं, रोहन सेन्च्युुरी, रविन मेचे, सत्यम मेचे, टेकराज विक, अमर मेचेलगायत कालाकारको अभिनय रहेको छ ।

जय भोले बाबा फिल्सको प्रोडक्सन रहेको चलचित्र विक्रम देवामा उपनिर्देशक निशानजेन तामाङ, कोरियाग्राफी कमल राई, एक्सन निर्देशन सन्तोष भुजेलको रहेको छ ।

विक्रम देवा चलचित्र एक करोड २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र इलाम र झापाका विभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायाँकन गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer