बिर्तामोड, असोज ८ । झापको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
हिजो राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यामबहादुर लिम्बूको उपचारको क्रममा आज बिहान ०२ः४० बजे बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-६ कुमारीचोकमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटर साइकलले पैदलयात्री बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय लम्बूलाई ठक्कर दिएको थियो ।
ठक्कारबाट लिम्बूको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल बिएन्डसी अस्पताल ल्याएर उपचार भइरहे पनि आज बिहान मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक बुद्धशान्ति-४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।