२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्ति २ का वडा अध्यक्ष घुस लिएको आरोपमा पक्राउ


बिर्तामोड, असोज ८ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा बिर्तामोडबाट वडा अध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।

उनीहरुले वडा अध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाएका छन् । आफूहरुको ‘स्ट्रिङ अपरेसन’ का क्रममा वडा अध्यक्षलाई घुससहित पक्राउ गरिएको बताइएको छ ।

भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै ओलीलाई नियन्त्रणमा लिइएको हो ।

चौहानले जग्गासम्बन्धी कारोबारमा वडा अध्यक्ष ओलीलाई रकम बुझाएका हुन् । वडा अध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले बिर्तामोडमा आएर पैसा बुझाएका हुन् ।

घुस बुझाउने र लिने दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer