२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा वर्षा सुरु : घट्यो तापक्रम, तराईबासीलाई गर्मीबाट राहत


बिर्तामोड, असोज ८ । झापामा अहिले साँझ सामान्य वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पानी परेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु तथा न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशका विभिन्न भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पाँच दिनयताको अत्यधिक गर्मीले आजित बनेका तराईबासीहरुले वर्षासँगै राहत महसुस गरेका छन् । बिर्तामोड आसपासमा १.६ मिलिमिटर पानी परेको छ ।

यद्यपि, कृषकले लगाएको तोरी, मुला, रायो लगायतका सागबलीमा भने वर्षाले क्षति पुर्याउन सक्ने मौसमविदहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer